काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार (आज) बस्दै छ। पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो।
अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने छ।
‘नियमित कार्यसूचीमै छलफल गर्न लागिएको हो। थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानको छलफल गर्ने कार्यसूची रहेको छ,’ केन्द्रीय सदस्य बिपी साहले जानकारी दिए।
जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।