११ कार्तिक २०८१, आइतबार 1730045173
समाचार

हाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना

काठमाडौं । आज तीन प्रमुख नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ।

अन्य प्रमुख र सहायक नदीहरूमा पनि सामान्य जलसतह बढ्ने महाशाखाले जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ।

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिरहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रोल्पा, रूकुम पूर्व र पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स(साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

नदी र ससाना खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।