११ कार्तिक २०८१, आइतबार 1730024072
Banner

माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

पाँच दिनयता जारी माओवादी केन्द्रको बैठक आज सकिँदै छ । अन्तिम दिन माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । बैठक दिउँसो १ बजे बस्दै छ ।

२२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् । अध्यक्ष प्रचण्डले बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।

Tags :