९ मंसिर २०८१, आइतबार 1732430841
Banner

सभामुखसहित शीर्ष नेताको बैठक १० बजे बालुवाटारमा बस्र्दै

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

सभामुखसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।