काठमाडौं । एसियाली फूटबल महासंघ एएफसीको आयोजनामा हुने एएफसी कप फूटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फूटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो ।
लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो । यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो ।