८ मंसिर २०८१, शनिबार 1732406117
Banner

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन पूर्वतयारीका कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले ११ बजेका लागि बोलाएको सो बैठक केही बेरअघि मात्रै नयाँ बानेश्वरमा सुरु भएको हो ।
बैठकमा सभामुख, विभिन्न दलका प्रमुख सचेतक, तथा सचेतक सहभागी छन् ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ ।

हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

प्रतिनिधिसभा बैठक सञ्चालनका लागि शीर्ष तीन दलका नेता पटक–पटक छलफलमा बसे पनि उचित निकास निस्किन सकेको छैन ।