११ कार्तिक २०८१, आइतबार 1730016653
Banner

एयर इन्डियाको जहाजमा समस्या आएपछि…

काठमाडौं । एयर इन्डियाको जहाजमा समस्या आएको छ । नयाँदिल्ली उड्न लागेको सो विमानमा समस्या आएको हो ।

विमानस्थलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको हो । जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको बताइएको छ । एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको झाले जानकारी दिए । समस्या आएको एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

Tags :