काठमाडौं । लामो समयदेखि असन्तुष्ट रहँदै आएका एमाले नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रावलले ओलीसँग भेट गरेका हुन् ।
पछिल्लो चुनावमा एमालेबाट टिकट पाउन नसकेपछि रावल ओलीसँग तीव्र असन्तुष्ट रहँदै आएका थिए ।
गत महाधिवेशनमा रावलले ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । अध्यक्षमा ओली सर्वसम्मत बन्न खोजे पनि रावलले चुनौती दिएपछि निर्वाचन भएको थियो । महाधिवेशनपछि रावल पार्टीका काममा सक्रिय छैनन् ।