११ कार्तिक २०८१, आइतबार 1730017145
Banner

संघीय निजामती ऐन एक साताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालू अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए ।

‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ,’ उनले भने ।

संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत संघीय निजामती ऐन जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदै आएको छ ।

Tags :