काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज तीनजना पुरुष र एकजना महिलालाई पक्राउ गरेको हो ।
यसअघि प्रहरी हिजो पनि तीनजना चिनियाँ नागरिकलाई ३० लाख रकमसहित पक्राउ गरेको थियो । आज पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् । यो प्रकरणमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।