११ कार्तिक २०८१, आइतबार 1730038375
Banner

चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गर्दैै उनले समझदारीलाई मूर्त रुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर सम्वादमा रहेको बताए । बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।

Tags :