११ कार्तिक २०८१, आइतबार 1730052579
Banner

सुन तस्करी प्रकरणमा पक्राउ ७ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी

काठमाडौं-साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ।

नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सात जना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले बताएको छ ।

उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिता लिएको खुलेको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। पक्राउ परेकामाथि सीआईबीले नागरिता प्रकरणमा समेत अनुसन्धान गर्ने भएको छ। सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको छ।
यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ। राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ।

यस्तै प्रहरीले यही बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए। पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए। उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ। चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ।

नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकता समेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए । दावालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो ।