२७ बैशाख २०८३, आइतबार 1778445531
Banner

गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ: राजेन्द्र लिङदेन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नु भएको छ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताउनु भयो ।

‘आज सरकार मस्त निन्द्रामा छ। केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारविरुद्ध काम गरे भनेर सरकार दंगा पिटिरहेको छ। केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काम गर्न लाग्यो कि के हो भनेर। आज आदेशअनुसार काम गर्ने ? आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन,’ लिङ्देनले भन्नुभयो, ‘अदालतले अस्ति भर्खर आदेश दियो। त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर भनेको छ। खै सरकार? यदी यो सरकार भ्रष्टाचारको बिरुद्ध इमान्दार थियो भने त्यहाँ किन पुगेन? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ। जे भयो यत्तिमै राख्ने निर्णय भएको छ।’

सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काम गरे भनेर दंगा पिटेको बताउनु भयो । उहाँले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गर्नु भयो।