विचार, नीति र निष्ठा बिनाको राजनीति पानी बिनाको खहरे जस्तै हो।”
जब वैचारिक राजनीतिले ठीक गति लिन्छ र नेतृत्वले ठीक मतिका साथ चल्छन्, तब समाजमा विकृतिहरू हट्न थाल्छन् र भ्रमपूर्ण सस्तो लोकप्रियतावादी र अवसरवादी अर्थात जंकवादी राजनीतिका जगहरू भत्किन्छन्। यसका साथै तिनका नेतृत्वहरूको असली अनुहार सबैले चिन्छन्। त्यसैले देशको स्वार्थमा वैचारिक राजनीतिको पक्षमा आवाज बुलन्द पारौं। अन्यथा नेपालको राजनीति जंकवादीहरूका कारणले ईण्डो प्यासिफिक रणनीति आईपिएसे र बेल्ट रोड इनिसियटिभ बिआरआईे बीचको जब्बर द्वन्द्वमा पर्न सक्छ।
यतिबेला माझण्ड,माधव, झलनाथ र प्रचण्डे हरू शेरबहादुर देउवासँग मिलेर आईपिएसको रणनीतिअनुसार सत्ता राजनीतिलाई अघि बढाइरहेका छन्। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा देखिएको ढिलासुस्ति त्यसकै परिणाम होइन भन्न सकिन्न किनभने भारतको भ्रमणभन्दा अघि नै औपचारिक निमन्त्रणा आईसकेको भएतापनि उनी चीनको भ्रमणलाई पछाडि धकेली रहेका छन्। यतिबेला नेपालको राजनीतिमा
आईपिएस हावी हुँदा
बिआरआई छाँयामा पर्यो।१।
उपयोगितााद हावी हुँदा
लोकतन्त्र संकटमा पर्यो।२।
लोकप्रिययतााद हावी हुँदा
जनमन भ्रम र भड्काउमा पर्यो।३।
देशमा स्वछन्दता हावी हुँदा
समाजमा अराजकता अति बढ्यो।४।
नवउदारवाद हावी हुँदा
भ्रष्टाचार र भ्रष्टाचारी पनि बढ्यो।५।
यसर्थ समस्याका कारणहरू बुझौं, समाधानहरू खोजौं। आईपिएसको आशिर्वाद र नवउदारवादको टेकोमा सुरक्षित भएका प्रधानमन्त्री प्रचण्ड छिमेकी देश चीनको औपचारिक निमन्त्रणा टारिरहेका छन्। यसका पछाडि आईपिएस र बिआरआई बीचको प्रतिस्पर्धा नै मुख्य कारण हो। किनभने प्रचण्ड नेपालमा आईपिएसको प्रतिनिधि बनेका छन्। प्रचण्डको यो खालको प्रवृत्तिले नेपालको प्रगतिशील राजनीति प्रदुषित बनाउँदैछ। यही प्रदुषणको सहउत्पादनको रूपमा रवि लामिछाने, सिके राउत र रेशम चौधरीहरू देखिएका छन्। जसले नेपालको राजनीतिमा जंकवादी विचार लाद्न खोज्दैछ जसरी संघीयता लादिएको थियो।
आईपिएस र बिआरईको द्वन्द्वमा देशलाई फस्नबाट जोगाऔं अनि दक्षिणको रणनीति सफल बनाउने राजनीति असफल बनाऔं। त्यसैले राष्ट्रिय स्वार्थमा वैचारिक प्रगतिशील राजनीतिमार्फत परिपूर्ण लोकतन्त्रको पक्षमा उभिएको राजनीतिक दल र नेतृत्वलाई चिनेर त्यसको पक्षमा राजनीतिक माहोल बनाउन सहयोगी बनौं। अनि जंकवाद अर्थात उपयोगितावाद, नवउदारवाद र लोकप्रियतावादबाट देशलाई जोगाऔं। जंकवादमार्फत भारतले नेपाललाई आफ्नो छातामुनी राख्न खोज्दैछ। भारत हाम्रो छिमेकी त हो तर असल मित्र कहिल्यै बनेन। नेपालमा नियन्त्रित अस्थिरता बढाएर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा भारत क्रियाशील भइरहेको कतै लुकेको छैन्। तर अझै पनि हामीले भारतलाई स्पष्ट रूपमा चिन्न सकेका छैनौं र भारतको स्वार्थमा सहयोगी हुने राजनीतिलाई बलियो बनाउने गरी गतिविधि गरिरहेका छौं। त्यसैले त न हामीमा भारतलाई नेपालको कुरा बुझाउने राजनीति चिन्न र चुन्न सक्यौं न त भारतले नै नेपालको समस्या बुझ्न चाह्यो।
भारतको प्रवृत्ति र रणनीतिलाई लिएर सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की भन्छन्, “भारतको समस्या नेपालको पनि हुने तर नेपालको समस्या भारतको नहुने नै नेपाल भारत सम्बन्धको मुख्य चुनौती हो।” एकातिर भारतको यो खालको हेपाहा प्रवृत्ति छ भने अर्कातिर जंकवाद भारतको सहयोगी बनिरहेको छ अनि समाजमा स्वछन्दता र अराजकता बढ्दा वैचारिक राजनीति गौण बनेको छ। जसले गर्दा आजको समाजको चरित्र विवादास्पद र सामाजिक मनोविज्ञान भ्रमित बन्दैछ। त्यसैले त अहिले समाजमा जनताले
स्वछन्द बन्दा, सुन्छन्
अराजक बन्दा, हेर्छन्
छाडा बन्दा, बाटो दिन्छन्।१।
धन कमाउँदा, आदर गर्छन्
चरित्रहीन बन्दा, हिरो बनाउँछन्
नैतिकहीन बन्दा, आदर्श ठान्छन्।२।
उच्छृङ्गल बन्दा, भक्त बढ्छन्
छलकपट गर्दा, भनेको मान्छन्
तिकडम गर्न जान्दा, स्वागत गर्छन्।३।
तर आज समाजले
विचार नीति आदर्श मान्दैन्
वैचारिक नेतृत्वलाई राम्रो ठान्दैन्।
यो खालको चिन्तन, चरित्र र प्रवृत्तिले एकातिर लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउँदैछ भने अर्कातिर देशमा अस्थिरता बढेर बाह्य चलखेल सहज बन्दैछ। परिणामस्वरूप हामी हिजोभन्दा आज अनपेक्षित रूपमा कमजोर भइरहेका छौं र अनपेक्षित रूपमा जंकवादी राजनीतिले आफ्नो उपस्थिति बढाउने मौका पाएको छ। यो खालको मौका र परिस्थितिलाई उपयोगिताादले फेरि आफू २०६४ मा जस्तो बलियो हुने प्रक्षेपण गर्दैछ भने लोकप्रियताादले २०६४ को उपयोगितााद जस्तै बलियो हुन्छु भनेर हुँकार गर्दैछ। अनि नवउदारवाद अर्को पक्षलाई कमजोर बनाएर आफू बलियो हुने परिकल्पना गर्दैछ। जसको मुख्य लक्ष्य नेपालको राजनीतिमा परिपूर्ण लोकतन्त्रको बाटोमा अवरोध पुर्याउनु नै हो।
कतिसम्म हुँदैछ भने हिजो नेपाली नागरिकता त्यागेर देशलाई सराप्दै अमेरिकन बनेको पात्रले आज अमेरिकी नागरिकता त्याँगे भनेर आफूलाई सच्चा नेपाली हुँ भन्दैछ। त्यो पात्रले हिजो पत्रकारको भेषमा क्यामेरा बोकेर के के मात्र गरेन ब्ल्यामेलिङ गरेर धन कमाएन कि कसैको ज्यान लिनेसम्मको परिस्थिति तयार गरेन कि। अहिले त्यही पात्र हामीलाई नेपाली हुन सिकाउँदैछ अनि आफू सदाचारी र परिर्तनकामी नेता हुँ भन्दैछ। अब प्रश्न उठ्छ, राजनीतिमा विचार, चरित्र र नैतिकता भन्ने कुरा प्रधान हुन्छ कि धुर्त्याईंरु अनि चरित्र र नैतिकता नालीमा फालेर नेता बनेको र राजनीति गर्ने पात्रले भन्दैछ, संसद हाईज्याक भयो भनेर देश र जनताको पक्षमा सदनको उपयोगलाई बाधा पुर्याउन खोज्दैछ।
यस्तो अवस्थामा सञ्चार माध्यम र सञ्चारकर्मी अनि विश्लेषकहरूले स्वतन्त्र र निष्पक्ष भएर आ(आफ्नो भूमिका निर्वाह नगर्दा देश र जनताको स्वार्थ कमजोर बन्दैछ र जनतामा राज्यप्रति विश्वास कमजोर हुँदैछ। यो खालको परिवेशलाई संकेत गर्दै सामाजिक सञ्जालमा सुवोधराज प्याकुरेल लेख्छन्, “स्टन्ट र ग्लेमर राजनीति होइन। राजनीति दर्शनमा आधारित आदर्श व्यवहार हो। कुनै नेताले रंगिन प्रोपोगाण्डा थालेका दिन भन्ठान्नुस्, उनले हरेस खाइसके। माकुरीजालमा परिसके। अधिकांश भ्रष्टाचारजन्य काण्डमा कि वर्तमान कि भुपू माओवादी र काँग्रेसका नेता संलग्न छन। अब कसरी छिपाउनेरु जनता जागिसके। हेरौँ।”
नेपालका सञ्चार माध्यम र सञ्चारकर्मीहरूले असल नतिजाका लागि रचनात्मक र सकारात्मक आलोचना र प्रश्न गर्न किन सक्दैनन्रु उनीहरू अराजकता र अनिश्चिततामा आफ्नो पेसागत भविष्य राम्रो हुने किन देख्दैछन्रु सामाजिक सञ्जाल भ्रमको खेती गर्ने मुख्य माध्यम किन बन्दैछरु प्राज्ञिक चेतनाहरू किन बोल्दैनन्रु नेपालमा केही पनि भएन अनि सबै नेता खराब र सबै कर्मचारी बदमास भन्ने भाष्य स्थापित गर्न खोजिदैछ। तर यो प्रयास सफल हुनेछैन् किनभने खराबभन्दा असल धेरै छन्, जसको चर्चा गरिदैन् र जनतालाई भनिदैन्। अहिले बाह्य रणनीतिमा विचार, चरित्र र नैतिकहीन पात्रलाई असल देखाउने र बिकाउने प्रयास भैरहेको छ।
जनअपेक्षाहरूको उपेक्षा हुन नदिन राजनीति वैचारिक जगमा गर्दै राज्यको सामर्थ्य विकास गर्नुपर्छ नकि जनमनलाई भ्रममा पार्ने र जनतालाई भावनात्मक रूपमा भड्काउने। आज विचारहीन राजनीतिमार्फत जनमन भ्रमित पार्दै भावनात्मक रूपमा भड्काउने र आफूलाई सर्वश्रेष्ठ देखाउने गलत बाटोमा राजनीति लान खोजिदैछ। हामीले बुझ्नुपर्छ, विचार, नीति र निष्ठा राजनीतिक प्रतिष्ठाको आधार हो। यदि यी तीन सत्त्वाबिना यदि कसैले अस्वभाविक राजनीतिक लोकप्रियता कमाएको छभने त्यो किमार्थ टिकाउ हुँदैन् किनभने राजनीति विचार र नीतिमाथिको निष्ठाको जगमा मात्र बलियो हुन्छ। फेरि विचार, नीति र निष्ठाबिनाको राजनीति सधैं समस्याको कारण बनिरहन्छ। जसरी अहिले प्रचण्ड देशको समस्या बनिरहेका छन्।