काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा हुने भएको छ ।
यस ठाउँमा भएको महाधिवेशनले २०४६ सालमा मदन भण्डारीलाई पहिलो पटक तत्कालिन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।
चौथो महाधिबेसन स्थल संरक्षण समितिका सह सम्योजक भागबत राउतका अनुसार साबिक विष्णुपुरकट्टीमा रहेको मदन भण्डारी स्मृतिपार्कलाई बैठक स्थल बनाइएको छ । उहाँका अनुसार विष्णुपुरकट्टी पुग्न राजमार्गको जिरो माईल भन्ने ठाउँबाट उत्तर १४ किमि जानू पर्छ । हाल सो स्थान धनगढीमाई नपाको वडा नम्बर १४ मा पर्छ ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म भएको चौथो महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेका शिर्ष नेताहरु विष्णुपुरकट्टीको सरेअम्बास पुग्न लागेका हुन् । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली ८ गते नै विराटनगर जाने कार्यक्रम रहेको राउतले जानकारी दिनुभयो ।