११ कार्तिक २०८१, आइतबार 1730052830
Banner

मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।