२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:59 pm
Banner

वर्षाका कारण एक घण्टा रोकिएपछि खेल फेरि सुरु

सूचना प्रेस २०८० भदौ १८ सोमबार ००:००, १९:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । एसिया कप–२०२३ मा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७।५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण एक घण्टा रोकिएपछि खेल फेरि सुरु भएको हो ।

जारी खेलको ३७।५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।