११ कार्तिक २०८१, आइतबार 1730016997
Banner

एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।