११ कार्तिक २०८१, आइतबार 1730074674
Banner

भदौ २२ गते बागमति प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

मकवानपुर- बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।