१२ कार्तिक २०८१, सोमबार 1730109905
Banner

कोशी सरकारविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँर्दै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस नसकिएकाले रिट हेर्दाहेर्दैमा राखिएको हो।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदन उपर मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै फैसला आउनेछ। बुधबार सार्वजनिक बिदा भएका कारण आज मात्रै जवाफी बहस हुनेछ। विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन्।