१२ कार्तिक २०८१, सोमबार 1730095326
Banner

सन्दीपविरुद्धको मुद्दाको पेसी आज

काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी तोकिएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको हो ।  

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि पेसी तोकेको हो ।

यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको थियो ।