११ कार्तिक २०८१, आइतबार 1730016857
Banner

चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री प्रचण्डले हाङजाओमा भेट्‌ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ५ गते अमेरिकाको न्यूयोर्कबाट सिधै चीन जाने कार्यक्रम छ । चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई हाङजाओमा भेटवार्ता गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो’ प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्छु ।