९ मंसिर २०८१, आइतबार 1732443554
समाचार

तीजमा भड्किलोपन चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउँछ : पूर्वराष्ट्रपति  भण्डारी

काठमाडौँ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको कला–संस्कृति जगेर्ना गर्दै अर्को पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडपर्वको गरिमालाई  उच्च राख्नुपर्ने बताउनुभएको छ । 

तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले तीजमा हुने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउने बताउनुभयो ।  

उहाँले भन्नुभएको छ,’अतः हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक छ ।’

पूर्व राष्ट्रपति भण्डारीले हरितालिका तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।