८ मंसिर २०८१, शनिबार 1732401011
Banner

सुवास नेम्वाङका छोरा भन्छन् : राजनीतिक परिवारमा हुर्किँदैमा अवसर पाउनुपर्छ भन्ने हुँदैन

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किँदैमा अवसर पाउनुपर्छ भन्ने आफू नरहेको बताएका छन् ।

सोमबार इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताए ।

‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिनँ’ उनले भने ।

राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्य आफूले सामाजिक र कानुनी हिसाबले अगाडि बढाउने बताए ।

उनले भने,‘म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौं भनेर निवेदन गर्न चाहन्छु ।’ आफ्ना बुबाले इलामबासीको शीर कहिल्यै निहुरिन नदिएको पनि सुहाङले बताए ।