२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:45 pm
Banner

विवाह समारोहमा आगोलागीः कम्तिमा एक सय जनाको मृत्यु

सूचना प्रेस २०८० आश्विन १० बुधबार ००:००, ०७:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । उत्तरी इराकमा एक विवाह समारोहमा आगोलागी हुँदा कम्तिमा सय जनाको मृत्यु भएको छ । निनेवेह प्रान्तको अल हमदानियामा भएको आगलागीमा परी अन्य १५० जना घाइते भएको सरकारी समाचार संस्था आईएनएले जनाएको छ ।

विवाहको खुशीयालीमा आतिशबाजी गरेपछि विवाह भवनमा आगो लागेको हुनसक्ने उल्लेख गरिएको छ । उद्धारका लागि अग्निनियन्त्रक र सुरक्षाकर्मीको परिचालन गरिएको छ । कमसल निर्माण सामग्रीबाट तयार सो भवन आगो सल्किएको केही मिनेटमै ध्वस्त भएको थियो ।

इराकका प्रधानमन्त्री मोहम्मद अल सुदानीले घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयास केन्द्रित गर्न निर्देशन दिनुभएको सामाजिक सञ्जालमा उल्लेख छ ।