१० कार्तिक २०८१, शनिबार 1729966108
Banner

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए।

बाजुराबाट घर आउने क्रममा गएराती २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।