१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:12 am
Banner

एआइजी बढुवा सिफारिसविरुद्धको रिट आज पनि हेर्न नमिल्ने सूचीमा 

सूचना प्रेस २०७८ चैत्र २१ सोमबार ००:००, १५:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिसको निर्णयविरुद्ध परेको रिट निवेदन आज हेर्न नमिल्ने सूचीमा परेको छ । 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको सो रिट निवेदन आज हेर्न नमिल्ने सूचीमा परेको हो । सुनुवाइका लागि न्यायाधीश रेग्मीकै इजलासमा पेसी तोकिएको यो रिट निवेदन हिजो पनि हेर्न नमिल्ने सूचीमा परेको थियो । 

प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले कनिष्ठ डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेर आफूहरूमाथि विभेद गरेको भन्दै तीन डिआइजीले बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत रिट दायर गर्नुभएको हो । 

सर्वोच्च जानुअघि उहाँहरूले बढुवा सिफारिस विरुद्ध सुनुवाइ समितिमा उजुरी दिनुभएको थियो । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।