१० कार्तिक २०८१, शनिबार 1729931086
अर्थ

सम्भावनालाई अवसरमा बदलौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार हुने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले जताततै निरासाका कुराले पनि बजार बिग्रिएको दाबी गर्नुभयो ।

उहाँले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै नेपालमा देशभित्र देखिएका सम्भावनालाई अवसरमा बदल्न पनि आग्रह गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रसस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आवश्यक रहेको बताउनुभयो ।

‘मैले त जताततै सम्भावना मात्रै देखेको छु, हरेक पहाडका डाँडामा सम्भावना देखेको छु । कुना कन्दरामा सम्भावना देखेको छु’ उहाँले भन्नुभयो, ‘यी सम्भावनालाई अवसरमा बदलौं, विदेश जाने प्रबृत्ति अन्त्य गरौं ।’

उहाँले आफूले शुन्यबाट सुरु गरेर व्यावसायिक घरानाको नतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ अवसरको सिर्जना गर्न नसकिएको बताउनुभयो । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।