१० कार्तिक २०८१, शनिबार 1729945083
Banner

तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला

काठमाडौं । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।

तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका १२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीले जनाएको छ ।
घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।