१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:33 am
समाचार

खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

सूचना प्रेस २०८० आश्विन २० शनिबार ००:००, १५:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताउनुभयो । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो ।