९ कार्तिक २०८१, शुक्रबार 1729908787
Banner

एमाले प्रदेश अधिवेशन:सहमतिमा नेतृत्व चयन गर्ने प्रयास

काठमाडमौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयनका लागि अति नै प्रयास गरिने भएको छ ।

आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरू भएको हो ।

बन्द सत्र सुरू हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय मागेका थिए ।

एमाले सुदूरपश्चिमका एक नेताका अनुसार महासचिव शंकर पोखरेलले प्रदेश अधिवेशनमा सहमति कसरी खोज्ने प्रयास गरेका छन् । ‘कसलाई जिम्मेवारी दिँदा पार्टी प्रभावकारी र एकताबद्व हुन्छ भनेर सबैसँग राय, परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँले यो क्षेत्रका सबैजसो नयाँ र पूराना नेताहरूसँग छलफल गर्नुभयो । सहमतिकै प्रयास अन्तर्गत महासचिव सक्रिय बन्नुभएको हो ।’