काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गदै आज राष्टिय शोकमा आधा झण्डा झुकाईने सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०÷१० लाख राहत दिने निर्णय पनि सरकाले गरेको छ ।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूको पनि उद्धार कार्य भईरहेको सरकारले जनाएको छ ।