८ मंसिर २०८१, शनिबार 1732421163
अर्थ

जावलाखेलमा जुत्ता चप्पल तथा दर्शै महोत्सव भव्य रुपमा सञ्चालन, उपभोक्तालाई २० देखि ५० प्रतिशतसम्म छुट

काठमाडौं । नजिकिदै गरेको दशैँलाई लक्षित गरेर चलिरहेको जुत्ता चप्पल महोत्सवमा मानिसहरुको उल्लेख्य चहलपहल तथा सहभागीता रहेको छ। जावलाखेलमा जारी जुत्ता चप्पल महोत्सवमा उपभोक्ताको उल्लेख्य सहभागीता रहेको पाइएको हो ।

असोज १० गतेदेखि सुरु भएको जुत्ता चप्पल महोत्सवमा सबै उमेर समहूका व्यक्तिहरु जुत्ता तथा चप्पल खरिद गर्न त्यहाँ पुग्ने गरेका छन् । स्टल राखेका कम्पनीहरुले मानिसहरुको उल्लेख्य सहभागीता रहेको बताएका छन् । धरासायी बन्दै गएको बजारलाई चलायमान बनाउन जुत्ता मेलाको आयोजना गरिएको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय उत्पादन अघि पछि डिलरको च्वाइसमा मात्रै लैजाने भएपनि मेलामा राख्दा जनताको रुचीको हो कि होइन भन्ने कुराको अनुभव गर्न सकिन्छ त्यसैले पनि यस्तो मेला समय समयमा आवश्य हुन्छ ।’ बिगतको तुलनामा अहिलेको अर्थतन्त्रको असर जुत्ता मेलामा पनि परेको उहाँको भनाइ छ । बजारमा सुस्त किनबेचका कारण अघिल्लो बर्षमा जस्तो आक्रामक व्यापार भने नभएको उहाँले बताउनुभयो ।

नेपाली ब्राण्डका मात्रै जुत्ता तथा चप्पल राखिएको महोत्सवमा कम्पनीहरुले न्यूनतम् २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । नेपाली जुत्ता चप्पल उत्पादक समूहले आयोजना गरेको जुत्ता चप्पल महोत्सवमा ५ सयदेखि १० हजारसम्मका जुत्ता राखिएको संयोजक उपाध्यायले बताउनुभयो । मासमा हजारदेखि २५ सय सम्मका जुत्ता बढि बिक्रि भईरहेको उहाँको भनाइ थियो । करिब १० करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिएको जुत्ता मेलामा शुरुवातको ४/५ दिन बर्षातका कारण समस्या भएपनि शनिबारदेखि व्यापारमा बृद्धि भएको उहाँले बताउनुभयो । १० करोडसम्मको कारोबार गरिने लक्ष्य राखिएपनि ७ करोडसम्मको व्यापार भने गर्न सकिने उहाँको दाबी थियो ।

“नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित चलिरहेको महोत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने उपाध्यायले बताउनुभयो ।

महोत्सवमा रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन वि.एफ. डियर हिल र वि।एफ। स्पोर्ट, लालिगुँरास फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल्स, आर.डि.कलेक्सनको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको डि.जे. शुज, फुड फेशनको वेली शुज, सर अनिल टे«ड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली शुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।

महोत्सवमा ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु खरिद गर्न सकिनेछ । महोत्सव कार्तिक ३ गतेसम्म चल्नेछ