९ कार्तिक २०८१, शुक्रबार 1729901497
Banner

जितपुर सिमराका पूर्वमेयर कृष्ण पौडेल मृत फेला

बारा — बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार साँझ जितपुर सिमरा २, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । डीएसपी न्यौपानेका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ । बारामा सहकारी क्षेत्रमा समेत योगदान गरेका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।