८ मंसिर २०८१, शनिबार 1732404184
Banner

आगामी क्रिकेट प्रतियोगिताहरू नखेल्ने सन्दीप लामिछानेको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’ उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन्।

‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन्। एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध जाहेरी दिएकी छन्। नाबालिक बालात्कार मुद्धाको आरोप लागेपछि सन्दीपको खेल जिवन नै संकटमा पदै आइरहेको छ ।