काठमाडौं । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेको समर्थनमा कांग्रेसकै केदार कार्की मुख्यमन्त्री भएपछि थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
कोशी प्रदेशमा नेकपाका ३९ र नेपाली कांग्रेसका ८ सांसदको सहयोगमा कार्की मुख्यमन्त्री बनेका हुन् । थापा यसअघि नेकपा माओवादीको समर्थनमा दुईपटक गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।