काठमाडौँ : नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् । शाहले आज मात्र बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भनेका थिए ।
यसको जवाफ फर्काउँदै बमले भनेकी छिन्– ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो। ‘ सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।


