९ कार्तिक २०८१, शुक्रबार 1729887461
Banner

कोशीमा सहमतिको सरकार बन्छ :मुख्यमन्त्री कार्की

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, उनले भने ।
प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने पनि मुख्यमन्त्री कार्कीले बताए । उनले भौतिक विकास मात्र नभई मानवीय विकास पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।