काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ६३ दरबन्दी थप गरिएको छ ।
आइतबार सहउपकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेताको अध्यक्षतामा बसेको (न्याम्स)को सिनेट बैठकले उल्लेखित दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर ९एक्सरे गर्ने० पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन ९पाँचौं तह० पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ ।
यस्तै केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो ।
वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएर मन्त्री बस्नेतले आफ्ना मानिस भर्ना गर्न खोजेको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।