७ जेष्ठ २०८३, बिहिबार 1779365945
Banner

एनआरएनए निर्वाचन : यी हुन राजेन्द्रकुमार (आरके) शर्मा अध्यक्ष पदको प्यानलबाट चुनाव लडने पदाधिकारीका उम्मेदवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व लिने दौडमा रहनुभएका राजेन्द्रकुमार (आरके) शर्मा प्यानलको नाम टुंगो लागेको छ।

अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा खगेन्द्र न्यौपाने, गोविन्द प्रसाद श्रेष्ठ ’रोबिन्द’, राजु रेग्मी (राज), बिजय मोक्तान,अभिमान शिंह बस्नेत,शसिकान्त पौडेल,यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा अब्दुल बसिदको नाम तय भएको छ। यस्तै उप-महासचिवमा प्रवीण गुरुङ, कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना , देवकी खत्री गुरुङ्ग महिला संयोजक, लोक दाहाल सचिव, टंक प्रसाद गैरे सचिव, मनोज कुमार श्रेष्ठ (गोर्खाली) सचिव, रामचन्द्र (आरसी) पोखरेल सचिवको उम्मेदवार बन्नुभएको छ। शर्मा समुहले अहिलेसम्म महासचिवको नाम भने सार्वजनिक गरेको छैन ।