९ कार्तिक २०८१, शुक्रबार 1729886911
Banner

प्रवासी नेपाली मञ्चले इजरायलमा ज्यान गुमाएका १० परिवारलाई गरयो आर्थिक सहयोग

काठमाडौं। प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली बिद्यार्थीका परिवारका लागि १० हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गरेको छ ।

मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गर्नुभयो । बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर अर्थात १५ लाख २० हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

मृतकको शव नेपाल नआइसकेको कारण परिवारलाई हस्तान्तरणका लागि एमाले अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्षका उम्मेदवार रहनुभएका डा. बद्रि केसी प्यानलका उम्मेदवारसहित ओएनएफ अध्यक्ष थापा आज अध्यक्ष ओलीसँग भेट गर्न बालकोट जानुभएको हो । सो क्रममा उहाँले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

ओएनएफले संस्थागत रुपमै यसपटक डा.केसी नेतृत्वको टीमलाई सहयोग गर्ने निर्णय गरेको छ ।