९ कार्तिक २०८१, शुक्रबार 1729887203
Banner

रक्षामन्त्रीको स्पष्टोक्ति : यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भनेर गलत प्रचार गरियो

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथि यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने भनेर गलत प्रचार गरिएको बताएका छन् ।

सोमबार पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथि अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट्याए । नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झूटो रहेको उनको भनाइ थियो ।

‘सहायक रथि यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरुको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा केही संख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो । त्यो अघि बढ्यो । त्यही क्रममा यमप्रसाद अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो । सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार । चार वर्ष पुग्दा हामी सरकारमा गयौं । उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ’, उनले बताए ।