९ कार्तिक २०८१, शुक्रबार 1729887648
Banner

विज्ञ र समावेशी टीमको नेतृत्व गर्न पाउदा गौरबान्वित महसुस गरेको छु : डा.बद्री केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को नेतृत्व लिने दौडमा रहनुभएका अध्यक्ष डा.बद्री केसीले आफनो टीम बौद्धिक र विज्ञ सहितको समावेशी टीम बनेको दाबी गर्नुभएको छ । बुधबार आफनो प्यानलको नाम सार्वजनिक गर्दै अध्यक्ष केसीले होनाहार विज्ञ र समावेशी टीमको नेतृत्व गर्न पाउँदा आफुलाई गौरवान्वित महसुस भएको बताउनुभयो। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाम्रो टीम समावेशी छ, चुनावमा उठनुभएका सवै व्यक्ति शालिन हुनुहुन्छ, अमेरिकादेखि अष्टेलियासम्मका युवा समेटिएका छन, यसमा म निकै नै सन्तुष्ट छु ।

चुनावमा उठेका हामी सवैले हिजोका गल्ति सच्याएर, ढलेको संस्थालाई उठाएर एनआरएनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छौ, उहाँले भन्नुभयो ।

‘समृद्धि र रुपान्त्रण हाम्रो साझा अभियान’ भन्ने नारा दिएर चुनावी मैदानमा उत्रिनुभएका केसीले सवै क्षेत्रलाई समेटेर आफ्नो टीम बनाएको बताउनुभयो।

अध्यक्ष केसीको समूहबाट उपाध्यक्षमा डा. हेमराज शर्मा, रामशरण सिम्खडा, डा. बिनोद श्रेष्ठ, रोबिन शेरचन, चिरञ्जिीवी घिमिरे, छैठो उपाध्यक्ष खाली छ भने महिला उपाध्यक्षमा यासमीन बेगम सैयद उम्मेदवार बन्नुभएको छ। यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष)मा रोशन थापा उम्मेदवार बन्नुभएको छ। केसीको प्यानलबाट महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ। यस्तै उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा, पारसमणी पोखरेल र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ।

डा. बद्रीको टीमबाट कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ। यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको केसी समुहले जनाएको छ।

त्यस्तै उहाँको टीममा कतारबाट बेदराज बस्नेत, शिव प्रसाद पौडेल, दिनेश पोखरेल, अफ्रिकाबाट पुष्पराज भटटराई, एशियाबाट डा.बिमल सुवेदी, बुद्धिराज घिमिरे, दिपक केसी, युरोपबाट महेश अधिकारी, नर्वे बाट राजु अर्याल, रोबर्ट लिम्बु पोर्चुगल, जनकराज पराजुली, बराइनबाट लालप्रसाद पुन, कुबेतबाट माधव पौडेल, ईन्दिरा तिवारी, युरोपबाट प्रसुन्ना कडेँल लगायतले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा केसीसहित चार जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ ।