९ कार्तिक २०८१, शुक्रबार 1729872777
समाचार

एनआरएनए निर्वाचन : कोरियामा रहेका नेपालीका अभिभावक यज्ञराज सुवेदीको सचिवमा उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा कोरियाका समाजसेवी यज्ञराज सुवेदीले उम्मेदवारी दिनुभएको छ ।

दूई दशक भन्दा लामो समय कोरियामा रहेका नेपालीहरुलाई परेका दुख र अप्ठ्याराहरुमा उहाँले सहयोग गर्दै आउनु भएको छ । कोरियामा रहेका नेपालीका अभिभावक बन्दै आउनु भएका सुवेदीले बिरामी, दुर्घटना, कार्यक्षेत्रका समस्या देखि कानुनी झमेला सम्मका समस्या समाधानका लागी उहाँले सकेको सहयोग गर्दै आउनु भएको छ ।

सामाजिक अभियन्ता एवं कोरियाका पुर्व अध्यक्ष समेत रहनुभएका सुबेदीले एनआरएनएको निर्वाचनमा निर्वाचित भएमा संस्थालाई थप मजवुद बनाउन पहल गर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघको ११औं महाधिबेशनमा सचिब पदका लागि भोट दिन आग्रह गदै उहाँले समस्यामा परेका जनताको सेबामा समय खर्चिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ अध्यक्षका प्रत्यासी बद्री केसीको समुहबाट सचिव पदमा उठदैे हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।