९ कार्तिक २०८१, शुक्रबार 1729887025
समाचार

एनआरएनए सचिवमा लोकप्रिय बन्दै राजेन्द्र पुडासैनी, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवका उम्मेदवार युकेका समाजसेवी राजेन्द्र पुडासैनीको लोकप्रियता बढ्दै गएको छ । यसअघि आईसीसी सदस्य रहनुभएका पुडासैनीले सचिव पदमा उम्मेदवारी दिनुभएपछि उहाँको चर्चा थप बढेको हो ।

परिचय
नुवाकोट जिल्लामा जन्मेर विगत २२ वर्षदेखि सपरिवार बेलायतमा बसोबास गदै आउनुभएका पुडासैनी समाजसेवी छवीका हुनुहुन्छ। एनआरएनए युकेको स्थापना कालदेखि सक्रिय र विभिन्न समयमा सल्लाहकार सदस्य पुडासैनी एसोसिएसन युकेको दुई कार्यकाल महासचिव, सिनियर स्वास्थ्यकर्मीका रूपमा बेलायतमा कार्यरत हुनुहुन्थ्यो। भूकम्प र कोभिड कालमा नेपालमा उल्लेखनीय योगदान गर्न सफल पुडासैनी बेलायतको ट्रेड युनियन गतिविधिमा सक्रिय पनि हुनुहुन्थयो ।

संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्न, महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्न, एनआरएनलाई खास गरी जलस्रोत र पर्यटनमार्फत नेपाल बदल्ने अभियान बनाउने उहाँको प्रतिबद्धता छ।

६ जना निर्वाचित हुने सचिव पदमा आफुलाई भोट दिएर जिताउन उहाँको अनुरोध छ । राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा केसीसहित चार जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ ।