९ कार्तिक २०८१, शुक्रबार 1729872918
Banner

प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपाली कांग्रेसले फागुन १ लाई जनयुद्ध नमान्ने बताएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा भएको एक शुभकामना कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पपुलिजम रोगका रुपमा देखिएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘अहिले विश्वमा पपुलिजको रोग छ । यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ,’ उनले भने ।

पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने बताउँदै उनले सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भन्ने चिन्ता लाग्ने गरेको उनको भनाइ छ ।

चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए ।

यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।’