२८ भदौ २०८३, आइतबार 1789348927
Banner

११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ

काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपाने रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेहरुमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।