८ मंसिर २०८१, शनिबार 1732412973
Banner

मुगुमा एकै परिवारका चारजनाको हत्या

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।

मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको हत्याको आशंका गरिएको छ ।

मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहर बोहोराको शव फेला परेको हो ।

श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ । घटनास्थल पुगेका डीएसपी थापाको टोलीले अनुसन्धान सुरु गरेको छ ।