९ कार्तिक २०८१, शुक्रबार 1729872617
Banner

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । सिंगापुरले नेपाललाई टी–२० विश्वकप फाइनल एसियामा १४६ रनको लक्ष्य दिएको छ ।

सोमाबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर सो लक्ष्य दिएको हो । यस्तै, ब्याटिङ रोजेको सिंगापुरले १४५ रन बनायो ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।