९ कार्तिक २०८१, शुक्रबार 1729888512
Banner

इजरायलमा मृत्यु भएका बाँकी २ जनाको पनि शव पहिचान

काठमाडौं । इजरायलमा मारिएका सबै १० जना नेपालीको पहिचान भएको छ । सोमवार बाँकी दुई जनाको पहिचान भएसँगै दशै जनाको पहिचान भएको तेल अविवस्थित नेपाली राजदूतावासले जनाएको छ । राजेशकुमार स्वर्णकार र आनन्द साहको सोमवार शव पहिचान भएको दूतावासले विज्ञप्ति निकाल्दै जनाएको छ ।

पहिचान भएका सबै शव आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ । इजरायलमा हमासको आक्रमणबाट यसै महिना १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । एकजना अझै बेपत्ता छन् ।

पहिचान भएका शवहरू यसअघि नै नेपाल ल्याइसकिएको छ ।